नमस्ते पूर्व खबर मोरङको पथरी शनिश्चरेबाट सञ्चालित एक स्वतन्त्र तथा विश्वसनीय सञ्चार माध्यम हो। नेपाल सरकारमा “नमस्ते पूर्व खबर प्रा.लि.” का रूपमा दर्ता भई सञ्चालित यस मिडियाले देश तथा विदेशमा घटिरहेका समसामयिक घटनाक्रम, सामाजिक विषयवस्तु, स्थानीय गतिविधि, विकास, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति तथा जनसरोकारका विषयलाई प्राथमिकताका साथ सम्प्रेषण गर्दै आएको छ।
हाम्रो मुख्य उद्देश्य सत्य, तथ्यपरक र सकारात्मक समाचारलाई जनतासम्म सरल, स्पष्ट र विश्वसनीय रूपमा पुर्याउनु हो। सूचना प्रविधिको तीव्र विकाससँगै पाठक तथा दर्शकले छिटो र विश्वसनीय सूचना प्राप्त गर्न सकून् भन्ने उद्देश्यले हामी डिजिटल पत्रकारितामार्फत निरन्तर सक्रिय छौँ।
स्थानीय स्तरका आवाज, समस्या, सम्भावना र उपलब्धिहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म पुर्याउनुका साथै देश तथा विदेशका प्रेरणादायी, सकारात्मक र जनहितका समाचारहरूलाई प्राथमिकता दिनु हाम्रो विशेष उद्देश्य हो।
पत्रकारिताको मूल मर्म सत्य, निष्पक्षता, उत्तरदायित्व र जनहितलाई आत्मसात् गर्दै गलत सूचना तथा अफवाहभन्दा टाढा रही विश्वसनीय सूचना प्रवाह गर्ने हाम्रो प्रतिबद्धता छ।
नमस्ते पूर्व खबर — सत्य समाचार, सकारात्मक सोच र जनताको आवाज।