संयुक्त अरब इमिरेस्ट (युएई ) ले देशभित्र गैरकानुनी तवरले रहेका अन्य देशका नागरिकहरुको लागि यहि सेक्टेम्बर १ तारिकबाट दुइ महिने आममाफी कार्यक्रमको घोषणा गरेको छ। सन् २००७ यता युएई सरकारले गरेको यो चौथो आममाफी कार्यक्रम हुनेछ। पछिल्लो छ वर्षअघि भएको थियो। यो अगस्ट १, २०१८ मा सुरु भएको थियो, र अक्टोबर ३१,२०१८ सम्म ९० दिन चलेको थियो। तर संघीय सरकारले त्यो वर्ष डिसेम्बर ३१ सम्म थप दुई महिनाको लागि माफी योजना विस्तार गरेको थियो।

आइतवार, सेप्टेम्बर १ बाट सुरु हुने दुई महिनाको आममाफी अवधिको फाइदा लिनेहरूलाई कुनै प्रतिबन्ध र कुनै जरिवाना लाग्ने छैन। आममाफी कार्यक्रमले पर्यटक र म्याद सकिएको रेसिडेन्सी भिसा सहित सबै प्रकारका भिसाहरूलाई समेट्छ। कुनै कागजात बिना जन्मेकाहरूले पनि आममाफीको लाभ उठाउन र आफ्नो स्थिति सुधार गर्न सक्छन्। यो युएईमा अवैध रूपमा बसेकाहरूका लागि या त आफ्नो रेसिडेन्सी स्टेटस नियमित गर्ने वा बिना जरिवाना देश छाड्ने उत्तम अवसर हो। यस आममाफीको फाइदा लिएकाहरुले कुनै पनि समयमा सहि भिसा लिएर पुन युएई फर्किन पाउने छन् र उनीहरुलाई कुनै शुल्क लाग्ने छैन।